मुख्य मन्त्री राउतद्धारा सिसि टिभी एलईडी भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुख्य मन्त्री राउतद्धारा सिसि टिभी एलईडी भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको उद्घाटन

बीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको सयुँक्त आयोजनामा सिसि टिभी एलईडी भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी समुद्घाटन गरेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मख्यमन्त्री राउतले सिसिटिभी क्यामेराले सुरक्षित आभाष गराउने विश्वास पनि व्यक्त गरे ।

विगतमा भए गरेका घटनाहरुबाट उद्योगी, व्यवसायीहरुका साथै अन्य नागरिकले पनि असुरक्षित महसुस गरीरहेको अवस्थामा नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरीको भुमिका महत्वपूर्ण हुनेमा राउतले जोड दिए । सुरक्षाकर्मी चाहनि समान हरु आफुले उपलब्ध गराउदै आएको र चाडैनै प्रदेश प्रहरी को समायोजन हुने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघ सुरक्षाको विषयमा २०६७ सार देखि नै चिन्तीत रहेको चर्चा गर्दै उनले संघकै सक्रियतामा वीरगञ्जलाई सिसि टिभी क्यामेराको निगरानीमा राख्न सफल भएको बताए । साथै आगामी दिनमा हरेक चोक र हरेक गल्लीमा सिसिटिभी क्यामेरा जडान गर्ने र यसमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ३२ लाखको लागतमा निर्मित सिसि टिभि लिड भिडियो वाल तथा नियन्त्रण कक्षको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जितकार, प्रदेश सभा सदस्यद्वय जन्नत अन्सारी, प्रह्लाद गिरी, पर्सा का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, लगायतले सिसिटिभी क्यामेराले अपराधीक गतिविधि न्युनिकरण हुने विश्वास व्यक्त गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);