कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमाः अरब तथा विदेशी वायुसेवाका लागि उडान अनुमति | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८३, मंगलबार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमाः अरब तथा विदेशी वायुसेवाका लागि उडान अनुमति

मर्मतसम्भार तथा स्तरोन्नतिको कार्य सम्पन्न भएपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि अरब तथा अन्तर्राष्ट्रिय वायुसेवाका लागि पुनः उडान सञ्चालन शुरु गरेको छ । विमानस्थललाई चरणवद्ध रूपमा खुला गर्ने योजनाअन्तर्गत यो सेवा पुनः शुरु गरिएको हो । कुवेत न्युज एजेन्सीकाअनुसार विमानस्थलको टर्मिनल १ बाट यात्रु सेवा शुरु गरिएको छ । हवाई ट्राफिक प्रवाहलाई सहज बनाउन, यात्रा प्रक्रियालाई व्यवस्थित तुल्याउन र उडान सङ्ख्यामा हुने क्रमिक वृद्धिलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तयारीहरू पूरा गरिएको छ । नागरिक उड्डयनका कार्यवाहक महानिर्देशक दुआइज अल–ओतैबीले सञ्चालनको प्रारम्भिक चरणमा प्रत्येक वायुसेवा कम्पनीलाई दैनिक एक उडानको अनुमति दिइएको जानकारी दिनुभयो । उहाँकाअनुसार यो व्यवस्था सेवाको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यमा थप उडानहरू विस्तार गर्नका लागि आधार तयार गर्न लागू गरिएको हो । क्षेत्रीय तनाव र द्वन्द्वका कारण गत फेब्रुअरीको अन्त्यदेखि बन्द रहेको उक्त विमानस्थल अप्रिल महिनामा चरणवद्ध रूपमा खोल्ने प्रक्रिया अघि बढाइएको थियो ।
यसैबीच, कुवेती सेनाले सोमबार आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ’शत्रुतापूर्ण’ मिसाइल र ड्रोनहरू सफलतापूर्वक विफल पारेको जनाएको छ । कुवेतको परराष्ट्र मन्त्रालयले यी आक्रमणहरूको कडा शब्दमा निन्दा गर्दै यसलाई मुलुकको सुरक्षा र स्थिरताका लागि गम्भीर चुनौती एवं तनाव बढाउने कार्य भएको बताएको छ ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार सोमवार बिहान ६ बजेदेखि कुवेतका विभिन्न क्षेत्रमा तीन पटक हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए ।

Leave a Reply