आजबाट आन्तरिक उडान सुरू, देशका विभिन्न गन्तव्यमा दैनिक ६४ उडान हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आजबाट आन्तरिक उडान सुरू, देशका विभिन्न गन्तव्यमा दैनिक ६४ उडान हुने

काठमाडाैं । आजबाट आन्तरिक उडान सुरू भएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि बन्द गरेको आन्तरिक उडान आजदेखि सुचारु गरेको हो । उडान सुरु गरेसँगै आजबाट देशका विभिन्न गन्तव्यमा दैनिक ६४ उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तर उडान नियमित गरिए पनि पूर्ण रुपमा भने हवाई उडान सञ्चालन नहुने अर्थात हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछन् । जसअनुसार बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ भने यति एयरलाइन्सले १५ ओटा उडानको अनुमति पाएको छ ।

त्यसैगरी श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले तीन तीन ओटा उडान गर्न अनुमति पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक आठ ओटा उडानको अनुमति पाएका छन् ।

यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ भने कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);