आन्दोलनकारीको प्रशंसा गर्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरीद्वारा विज्ञप्ति जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आन्दोलनकारीको प्रशंसा गर्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. गिरीद्वारा विज्ञप्ति जारी

काठमाडाैं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनकारीको प्रशंसा गरेर विज्ञप्ति जारी गरेका छन् ।

वार्ताका दौरानमा आफुले कसैलाई कुनै प्रकारको दुव्र्यबहार नगरेको जानकारी गराउदै डा. गिरीले विज्ञप्ति जारी गरका हुन् । उनले व्यक्तिगत चरीत्र हत्या गर्ने उदेश्यले परिस्थितिको गलत तरिकाले सञ्चार माध्ययम मार्फत आम सर्वसाधरण विच भ्रामक समाचार फैलाएको निम्ति खेद प्रकट गर्दै त्यसबाट प्रतिस्ठानको छविमा आच पुग्न गएकोमा उनले दुख व्यक्त समेत गरेका छन् ।

प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार्दै उपकुलपति गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास लिएको जनाएका छन् । आफूले आन्दोलनलाई बेवास्ता गरेको नभई प्रतिष्ठानकै कामले काठमाडौंमा रहनु परेको दाबी गर्दै उहाँले सौहार्द्धपूर्ण वार्ताका लागि आह्वान गरेका छन्।

प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा काम गर्दैगर्दा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता समेत गरिीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधपछि बिपीमा पछिल्लो आन्दोलन सुरु भएको थियो । प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शी रुपमा छनोट गर्नुपर्ने आन्दोलनकारीको माग छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);