डा. केसीद्धारा सत्याग्रह घोषणा, सरकार समक्ष पाँच बुँदे माग प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

डा. केसीद्धारा सत्याग्रह घोषणा, सरकार समक्ष पाँच बुँदे माग प्रस्तुत

काठमाडौं । चिकित्सकीय शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले सरकार समक्ष पाँच बुँदे माग प्रस्तुत गरेका छन् । माग पूरा नभए आगामी भदौ ३ गतेबाट सत्याग्रह गर्ने केसीले घोषणा गरेका छन् ।

डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा गर्न सरकारर्लाइ ध्यानाकर्षण गराएका हुन् ।

केसीले राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेलाई पहिलो मागका रुपमा प्रस्तुत गरेका छन् । त्यसैगरी दोश्रो मागमा उनले विपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्कयाउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्नेलाई उनले तेस्रो मागका रुपमा प्रस्तुत गरेका छन् ।

यसका साथै डा.केसीले चिकित्सा क्षेत्रमा गैरनाफामुलक नीति सुनिश्चित गर्न माग गर्दै कुनै पनि निजी मेडिकल कलेज नखोलने नीति सार्वजनिक गर्न माग गरेका छन् । आफूसँग यसअघि भएका सम्झौताहरु कार्यान्वयनलाई भने उनले पाँचौ मागका रुपमा प्रस्तुत गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने केसीको अर्को माग छ । प्रतिष्ठानमा डेढ महिनाभन्दा बढी चलेको आन्दोलनका मागहरू पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरसः कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);