डा. केसीले इलाममा सुरुआत गरे १६ औं सत्याग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डा. केसीले इलाममा सुरुआत गरे १६ औं सत्याग्रह

dr kc

काठमाडौं, २६ पुस । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको सुरुआत गरेका छन् ।

गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट सुरुआत गरेका हुन् । यो समाचार आजको हिमालय टाइम्स दैनिकले छापेको छ ।

मङ्गलबार इलाम सदरमुकाम पुगेका डा केसीले पत्रकार सम्मेलन गरी बुधबार साँझ ५ बजेदेखि इलामको फुलगाछीस्थित पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको भवनमा ६ बुँदे मागसहित सत्याग्रहमा बसेको जानकारी दिए ।

पन्ध्रौँ सत्याग्रह अन्त्य गर्ने क्रममा गत साउन १० गते सरकारसँग राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफूले उठाएको माग समेटेर संसद्बाट पास गर्ने सहमति भएको थियो । तर सहमति विपरित चिकित्सा शिक्षा विधेयक अगाडि बढाएकाले आफूले १६ औँ पटक सत्याग्रहमा बस्नुपरेको उनले बताए ।

यसैबीच बुधबार सत्तारुढ दलका सांसदले बहुमतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पारित गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);