डा. केसी समर्थकद्वारा बसन्तपुरमा समुहिक सत्याग्रह (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डा. केसी समर्थकद्वारा बसन्तपुरमा समुहिक सत्याग्रह (फोटो फिचर)

satyagraha1

काठमाडौं, ६ साउन । चिकित्सक गोबिन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै समर्थकहरुले काठमाडौंको बसन्तपुरमा समुहिक सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनसनरत केसीको मागप्रति सरकार उदासीन भएको भन्दै सामुहीक सत्याग्रह सुरु गरिएको हो ।

चिकित्सक गोविन्द केसीले अनसन सुरुगरेको २३ औ दिन पुरा भएको छ । तर, सरकारले चिकित्सक केसीको माग पुरा गर्ने संकेत नदेखाएको भन्दै उनका समर्थकहरुले सामुहीक सत्याग्रह सुरु गरेका हुन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि जनदवाव सृजना गराउनका लागि सामुहीक सत्याग्रहको आयोजना गरिएको आयोजक सोलीडारीटी फर डा केसी अलाइन्सले जनाएको छ । आइतबार बिहान दश बजेबाट सामुहीक सत्याग्रह सुरु गरिएको हो ।

चिकित्सक केसीको माग सम्बोधन गर्नका लागि राज्य उदासीन भएको र सरकारबाट कानुनी राज्यको उपहास हुने किसिमका गतिविधि भैरहेको केसीका समर्थकको आरोप छ ।

सामुहीक सत्याग्रहमा उत्रिएका नागरिकहरुले मानवअधिकारको संरक्षण र केसीका माग पुरा गराउनका लागि दवाव दिने विभिन्न प्लेकार्डहरु बोकेका थिए । सत्याग्रहमा नागरिक समाजका अगुवाहरुले ऐक्यवद्वता मात्रै जनाएका थिए भने अधिकांश सर्वसाधारण अनसन बसेका थिए ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);