मुलुकमा अधिनायकवाद लाद्ने प्रयास भैरहेको कांग्रेस सभापति देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकमा अधिनायकवाद लाद्ने प्रयास भैरहेको कांग्रेस सभापति देउवाको आरोप

serbdr

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवाद लाद्ने प्रयत्न भैरहेको भन्दै त्यसको सामनाका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अधिनायवादविरुद्वको लडाईंका लागि तयार रहन निर्देशन दिएका हुन् । उनले डाक्टर गोविन्द केसीका जायज माग तत्काल पुरा गर्न पनि सरकारलाई आग्रह गरे ।

कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले बल्ल चिन्न थालेको भन्दै उनले जनताको खिलाप र प्रजातन्त्रको खिलापमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्ने बताए । कार्यक्रममा नेता रामचन्द्र पौडेलले सरकारको दमन धेरै समय टिक्न नसक्ने दाबी गरे । उनले डाक्टर गोविन्द केसीको माग बारे समस्या समाधान गर्नु भन्दा निरंकुशता र दमनतर्फ सरकार उन्मुख हुँदै गएको टिप्पणी गरे ।

उनले समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नयाँ शोषक वर्ग जन्माउन उद्धत रहेको आरोप लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);