सभापति देउवाद्वारा सरकारको अधिनायकवाद विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सभापति देउवाद्वारा सरकारको अधिनायकवाद विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन

sher bahadur deuwa

काठमाडौँ, १० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवाद विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा आयोजित कार्यक्रममा देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसबिरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

कम्युनिष्टको सरकारबाट सबै आजित भएको भन्दै देउवाले भन्दै अब हुने उप–निर्वाचनमा कांग्रेसले जित्ने दावी गर्नु भयो । नेपाली कांग्रेसभित्र गुटउपगुट सकिएको भन्दै उहाँले सबै तरुणलाई उपनिर्वाचनको प्रचार प्रसारमा होमिन निर्देशन दिनुभयो । कार्यक्रममा कांग्रेसका नेता,कार्यकर्ता, भ्रातृ संस्था र शुभेच्छुक संघसंस्थाको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);