सरकारको विरोधमा उत्रन कार्यकर्तालाई देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारको विरोधमा उत्रन कार्यकर्तालाई देउवाको निर्देशन

deuba

भैरहवा, ६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कार्यकर्तालाई विरोध गर्न निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसले बिहीवार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापती देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको खुलेर बिरोध गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले यो सरकारले काम गर्न सकेन भनेर नेकपाका नेताहरुले समेत विरोध गर्न थालिसकेको र हामी किन पछि पर्ने भन्दै प्रतिप्रश्न समेत गरेका छन् ।

सभापति देउवाले अहिलेको सरकार कर मात्र वढाउन केन्द्रित भएको आरोप समेत लगाए । नेपाली काँग्रेसले मंसिर अन्तिम साता काठमाडौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावका लागि प्रदेशस्तरीय सुझाव संकलन गरिरहेको छ । सुझाव संकलनको अन्तिम म्याद मंसिर ७ गते सकिँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);