सरकारको विरुद्धमा सडक संघर्षका लागि तयारी अवस्थामा रहन देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारको विरुद्धमा सडक संघर्षका लागि तयारी अवस्थामा रहन देउवाको निर्देशन

deuba11

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैली विरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क मञ्चद्धारा शनिबार काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मुल्य मान्यतामाथि हस्तक्षेप गर्दै आएको भन्दै त्यस विरुद्धको सघर्षको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेृतत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको तथा मानवअधिकार आयोग र नेपाली सेनालाई पनि आफु मातहत राख्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीको नेपाली कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी नै दिनुभयो । कार्यक्रममा कांग्रेस नेतृ आरजु देउवा राणा लगायतलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);