अन्तिम लडाइका लागि तयार हुन देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अन्तिम लडाइका लागि तयार हुन देउवाको निर्देशन

deuba

काठमाडौं, ५ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई जोगाउन अन्तिम लडाई लड्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले नेपालका कम्युनिष्टहरुबाट लोकतन्त्र खतरामा रहेको दावी गर्दै यसको संरक्षणका लागि लोकतन्त्रमा विश्वास गर्ने सबैलाई एकतावद्ध हुन पनि आह्वान गरेका छन् ।

बुधबार नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पञ्चायतलाई ढालिएको, राजालाई हटाएको काँग्रेस सामू लोकतन्त्र रक्षा गर्ने ठूलो चूनौति रहेको बताए ।

सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिवद्ध बनाई राख्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);