सरकारविरुद्ध लड्न संगठित हुन सभापति देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारविरुद्ध लड्न संगठित हुन सभापति देउवाको निर्देशन

deuba

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्नका लागि संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले सरकारले प्रहरी, सेना, न्यायालयसहित कर्मचारी तन्त्रलाई पार्टीकरण गरेर कम्युनिष्ट नीतिप्रति प्रतिबद्ध प्रशासन बनाउन लागेको भन्दै त्यसविरुद्ध लड्ने दिन आउन लागेको बताए ।

पार्टी निकट नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बोल्दै देउवाले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजनाको सचेत भएर प्रतिवाद गर्नुपर्ने बताए ।

काँग्रेस सभापति देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी गर्दै अवकाश प्राप्त कर्मचारीहरुलाई पार्टीले उचित स्थान दिने आश्वासन दिए ।

सभापति देउवाले अवकाश प्राप्त कर्मचारीहरुको अनुभव राष्ट्र निर्माणमा लगाउन आफ्नो पार्टी तयार रहेको बताए । वर्तमान सरकारको बोली र व्यवहारबाट आम नेपाली जनताहरु निराश भएको उनको भनाई छ ।

दुइ तिहाई भएर पनि इतिहासमै सबैभन्दा कमजोर साबित भएको सरकारले सत्ता कब्जाको अभ्यास गर्न खोजेको देउवाको आरोप थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);