कांग्रेस सभापति देउवाद्वारा निर्वाचनमा अन्र्तघात गर्नेलाई नेता पौडेलले काखी च्यापेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कांग्रेस सभापति देउवाद्वारा निर्वाचनमा अन्र्तघात गर्नेलाई नेता पौडेलले काखी च्यापेको आरोप

serbahadur

काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता रामचन्द्र पौडेलमाथि अन्तरघात गर्नेलाई संरक्षण दिएको आरोप लगाएका छन् ।

कांग्रेस सभापति देउवाले नेकपा एमाले र माओवादी केन्द्रबीच आसन्न एकता पार्टीका लागि चुनौति भएको भन्दै निर्वाचनमा अन्र्तघात गर्ने नेतालाई ननिकालेसम्म कांग्रेस बलियो हुन नसक्ने बताए । उनले प्रजातन्त्रवादी प्राध्यापक संघले काठमाडौंमा गरेको कार्यक्रममा अन्र्तघात गर्नेलाई कारबाही गर्न प्रस्ताव गर्दा पौडेलले नमानेको बताए ।

सभापति देउवाले यस्तो आरोप लगाउँदा नेता पौडेल मञ्चमै थिए । देउवाले अन्र्तघातका कारण पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा ४० सिट गुमाएको बताए । उनले एमाले र माओवादी केन्द्र मिलेका कारण पनि पार्टीले अनपेक्षित हार व्यहोर्नुपरेको भन्दै यो विषय थाहा पाएर पनि आफ्नो आलोचना गरेकामा असन्तुष्टि जनाए ।

कार्यक्रममा नेता पौडेलले भने पार्टीको सुदृढीकरणका लागि कुराभन्दा काम गरेर देखाउन आवश्यक रहेको बताए । यस्तै पार्टीका महामन्त्री डाक्टर शशांक कोइरालाले गुट मौलाएका कारण पार्टी कमजोर भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);