कांग्रेसभित्र कुनै विवाद छैनः देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेसभित्र कुनै विवाद छैनः देउवा

sher bahadur deuwa

काठमाडौं, २५ चैत। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नविन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।

स्वर्गीय नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा बुधबार पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताएका हुन् ।

उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनु परेको बताए ।

फरक प्रसंगमा बोल्दै सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको स्पष्ट पारे । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिले पनि संकटमा नरहेको ठोकुवा गरे । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थाल्नुभएका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);