सभापति देउवाको नीति र नेतृत्व सफल : मीन विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सभापति देउवाको नीति र नेतृत्व सफल : मीन विश्वकर्मा

काठमाडौं, १८ वैशाख । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको बचाऊ गरेका छन् । नेता विश्वकर्माले सभापति देउवाको नीति र नेतृत्व असफल नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सभापति देउवाले एमाले र माओवादी केन्द्रले गर्न नसकेको मधेशमा निर्वाचन सम्पन्न गराएर नेतृत्व क्षमता देखाएको बताए ।

कठिन घडीमा सरकारको नेतृत्व लिएर सभापति देउवाले संविधान कार्यान्वयन अन्तरगत निर्वाचन सम्पन्न गराएको नेता विश्वकर्माको भनाई छ । उनले देउवाले मधेशमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराएर मुलुकलाई राजनीतिक निकास दिएको बताए ।

नेता विश्वकर्माले संविधान कार्यान्वयन जस्तो जटिल काम सम्पन्न गरेका पार्टी सभापति देउवाको नेतृत्वमाथि प्रश्न चिन्ह उठाउने काम तर्कसंगत नभएको बताए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले एमालेसँगको पार्टी एकता बैशाख भित्र भईसक्ने दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);