जिफन्टको नयाँ नेतृत्वकाे आज सपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जिफन्टको नयाँ नेतृत्वकाे आज सपथ

काठमाडौं, १८ वैशाख । नेकपा एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशनबाट चुनिएको नयाँ नेतृत्वले आज सपथ लिएको छ ।

रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं जिफन्टका निवर्तमान अध्यक्ष तथा संरक्षक विष्णु रिमाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई कार्यभार हस्तान्तरण गर्दै सपथ गराएका हुन् ।

गत चैत्र १४ देखि १७ सम्म सम्पन्न महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको थियो । नयाँ राष्ट्रिय कमिटीको उपाध्यक्षहरुमा रमेश बडाल(विदेश मामिला), विदुर कार्की(योजना समन्वय तथा व्यवस्थापन), गुणराम आचार्य(आर्थिक प्रशासन), दिपक पौडेल(श्रम सम्वन्ध परिषद), जितेन्द्र श्रेष्ठ(प्रचार तथा प्रकाशन), मञ्जु थापा(ट्रेड युनियन शिक्षा), कमल गौतम(सामाजिक सुरक्षा तथा श्रमिक सहकारी) तथा मिना गुरुङ(अध्यक्ष, महिला कमिटी) रहेका छन् । ८ जना उपाध्यक्षहरु मध्ये ७ जनाले एक–एक प्रदेशको जिम्मेवारी सम्हाल्नेछन् ।

कार्यक्रममा प्रमुख सल्लाहकार एवं जिफन्टका संरक्षक विष्णु रिमालले श्रमिक संगठनको नेतृत्व दिनेहरुको एक निर्णयले सारा श्रमिकको दैनिक जीवनयापनमा नै ठूलो असर पार्ने भन्दै त्यसतर्फ विचार पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुरका हितमा आफू नेतृत्वको नयाँ टिमले काम गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);