सभापति देउवाले आफूलाई अपमान गरेको सिटौलाको गुनासो | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८३, शनिबार

सभापति देउवाले आफूलाई अपमान गरेको सिटौलाको गुनासो

कृष्णप्रसाद सिटौला

काठमाडौं, २६ चैत । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गरेका छन् । नेता सिटौलाले पार्टी भित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भईरहेको बताए ।

जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टी भित्र कसरी एकता हुन्छ भनि प्रश्न गरे ।

नेता सिटौलाले युवाहरु सक्षम र इमान्दार भएपनि पार्टी नेतृत्वले सधैं किनारामा पु¥याउने गरेको भन्दै आक्रोश पोखे । उनले संवैधानिक आयोगहरुको नियुक्तीमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना गरे । नेता सिटौलाले पार्टी भित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कम्जोर अवस्थामा पुगेको टिप्पणी गरे ।

ताजा समाचार