सभापति देउवाले पक्षपातपूर्ण व्यवहार गरेको सिटौलाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले सभापति देउवाले पार्टी भित्र न्याय नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

सभापति देउवाले पार्टीका नेता/कार्यकर्तालाई समान व्यवहार नगरेको उनको भनाइ छ । उनले सभापति देउवालाई पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्व पूरा गर्न आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा नेता सिटौलाले मुलुकमा गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);