सुरक्षाकर्मी र कर्मचारीको व्यवहार नेकपा कार्यकर्ता जस्तै : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरक्षाकर्मी र कर्मचारीको व्यवहार नेकपा कार्यकर्ता जस्तै : सभापति देउवा

deuba-mahara

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरक्षाकर्मी र कर्मचारीको व्यवहार नेकपाका कार्यकर्ताको जस्तो भएको आरोप लगाउनु भएको छ । शुक्रबार भक्तपुरमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गरेको प्रशिक्षण कार्यक्रममा देउवाले यस्तो आरोप लगाउनुभएको हो ।

सभापति देउवाले जनताले तिरेको करबाट तलब खाने सुरक्षाकर्मी र कर्मचारी देशको नभई नेकपाका कार्यकर्ता जस्ता देखिएका भन्दै त्यस्तो ब्यवहारले कसैको हित नगर्ने उल्लेख गर्नुभयो । उहाँले कांग्रेस सांसद मोहम्मद अफताव आलमको पक्राउ नियोजित षड्यन्त्र भएको भन्दै १२ बर्ष अघिको घटनाको नाममा सांसद आलमलाई फसाउन खोजिएको दाबी गर्नुभयो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउनु भयो ।

त्यस्तै कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि सुरक्षाकर्मी र निजामति कर्मचारी सरकारको कार्यकर्ता जस्तै भएका दाबी गर्नुभयो । सिटौलाले कर्मचारी र सुरक्षाकर्मीलाई हातमा लिएर नेकपाले आगामी निर्वाचन कब्जा गर्न सक्ने भन्दै सकर्त रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);