निर्वाचन आयोगद्वारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचन आयोगद्वारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

election-commition_

काठमाडौं, १ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार बिज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नमबर –२ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खमा उपनिर्वाचन हुँदैछ ।

आयोगद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ ।

यस्तै २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समयसहितको निर्वाचन कार्यक्रम तय गरिएको बिज्ञप्तिमा उललेख छ । यसैगरी अयोगले स्थानीय तहको उपनिर्वाचनका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्बन्धित जिल्ला सदरमुकाम र स्थानीय तहका लागि स्थानीय तहमै उम्मेदवारी दर्ता हुने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);