मंसिर १४ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी मनोनयन बिहीबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी मनोनयन बिहीबार

upanirbachan

काठमाडौं, २० कात्तिक । आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार (भोली)हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कार्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो ।

कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुने सहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

ती उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुनेछ । सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ ।

आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुने बताउनु भयो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र पनि तोकेको छ । आयोगका प्रवक्ता श्रेष्ठले मतदानमा भाग लिनका लागि मतदाता परिचय पत्र लिएर आउन पनि आम मतदातालाई आह्वान गर्नु भयो ।

४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने कार्य योजना तय गरिएको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);