प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

upanirbachan-nirbachan ayog

काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली आइतबार प्रकाशित गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही कार्तिक २१ गते उम्मेदवारी मनोनयन गरेका थिए । अन्तिम नामावलीसंगै सोमवार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने ओगका प्रवक्ता राजकुमार जानकारी दिनुभयो । यता, स्थानीय तहको निर्वाचनका लागि भने यही कार्तिक २७ गते उम्मेदवार मनोनयन हुनेछ ।

आयोगले उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम भने मंसीर ५ गतेदेखि ११ गतेसम्म संचालन गर्दैछ । आगामी मंसीर १४ गते रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);