उपनिर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपनिर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै

upanirbachan

काठमाडौं, २७ कात्तिक । आगामी मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार कार्तिक २७ गते बुधबार बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।

उम्मेद्वारी मनोनयन दर्ता सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । उम्मेदवारको सूची प्रकाशन समेत आजै गरिने तालिका छ । त्यस्तै बिहीबार उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न वितरण गरिने छ । स्थानीय तहअन्तर्गत १ नगरप्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);