स्थानीय तहको उपनिर्वाचनका लागि उल्लासमय रुपमा उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्थानीय तहको उपनिर्वाचनका लागि उल्लासमय रुपमा उम्मेदवारी दर्ता

काठमाडौं, २७ कात्तिक । स्थानीय तहका लागि आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि आज उल्लासमय रुपमा उम्मेदवारी दर्ता गरिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधवार मनोनयन दर्ता गरिएको हो । उम्मेद्वारी मनोनयन दर्ता सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको थियो ।

बिहीबार उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ ।

उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ । स्थानीय तहअन्तर्गत १ नगरप्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);