अतिक्रमणको चपेटामा 'टुँडिखेल' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अतिक्रमणको चपेटामा ‘टुँडिखेल’

occupy tudikhel

काठमाडौं, २७ कात्तिक । काठमाडौंको टुँडिखेल अनेक बहानामा अतिक्रमणको चपेटामा परेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । टुंडिखेललाई खुला नै छोड्नु पर्ने र त्यहाँ भित्र बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल राख्न नहुनेमा सर्वसाधारणले समेत जोड दिएका छन् ।

काठमाडौंलाई कंक्रिटको सहरको उपमा दिन थालिएको धेरै भइसक्यो । हरियाली र खुला ठाउँ मासिंदै र अनियन्त्रित र अव्यवस्थित घर निर्माणले राजधानी काठमाडौंले यो उपमा पाएको हो । त्यतिमात्र होइन पछिल्लो समय त प्रदूषित सहरको उपमा पनि पाउन थालेको छ । भएका सार्वजनिक जग्गा अतिक्रमणले राजधानी काठमाडौं अहिले आक्रान्त छ ।

 टुँडिखेल भित्रै बसपार्क, भाडामा लगाइएका पसल, टहराले टँडिखेल दिनप्रतिदिन सांघुरिएको छ । टुँडिखेल समेत संरक्षण गर्न नसकेको भन्दै सर्वसाधारण नागरिकले सरकारको कडा आलोचना गरेका छन्।

टुँडिखेल मिचिंदा समेत काठमाडौं महानागर पालिका मौन रहँदै आएको छ । टुँडिखेल भित्रै सटर भाडामा लगाउने गरी बनाइएको टहरा स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर नै लगाउनु परेको थियो ।

टुँडिखेल अतिक्रमण हुनुमा महानरपालिकाकै मिलेमतो रहेको भन्ने आरोप पनि छ । नभए कसरी टुँडिखेलको जमिन व्यापारीले भाडामा लिए ? स्थानीय विरोधमा उर्लिएपछि महानगर बल्ल टुँडिखेल बचाउने कार्यक्रम छ भनेर बोल्न बाध्य भएको छ ।

अतिक्रमित टुँडिखेललाई बचाउन स्थानीयको अग्रसरता र सबैको सहभागितामा अहिले अकुपाई टुँडिखेल अभियान शुरु गरिएको छ । अभियन्ताहरुले टुँडिखेल पहिलाको अवस्थामा नआएसम्म अभियान जारी रहने बताएका छन् ।

अकुपाई टुँडिखेल अभियान अघिल्लो शनिबारबाट शुरु गरिएको हो । पहिलो दिन पूर्वप्रधानमन्त्रीदेखि, नेता, कलाकार,पत्रकार, सामाजिक अभियतन्ता स्थानीयवासिन्दाले मानव साङलो बनाएर टुँडिखेल घेरेका थिए । कुनै बेला टुँडिखेल एसियाकै ठूलो परेड मैदानको रुपमा चिनिन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);