नागरिक समाजले आज टुँडिखेल घेर्दै, इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्दे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नागरिक समाजले आज टुँडिखेल घेर्दै, इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्दे

काठमाडौं, ७ फागुन । नागरिक समाजले आज टुँडिखेल घेर्दै इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने भएको छ । नागरिक समाजले नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ ।

‘सत्तरी वर्षदेखि बाँकी रहेका सबै सवाल उठाउँदै, सबैखाले प्रतिमगनविरुद्ध एक हुन आव्हान गर्दे टुँडिखेल आम नागरिकको स्वामित्व भएकाले त्यो नागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग राखिएको छ । रत्नपार्क हुँदै भद्रकाली, सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्दे हुने सभामा बृहत नागरिक आन्दोलनले इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने बताईएको छ ।

घोषणापत्रको मुख्य सारमा २००७ देखि भएका कमी कमजोरीमाथि प्रश्न उठाई सबैखाले प्रतिगमनको निरन्तर विरोध गर्ने र संविधानको रक्षा गर्ने तथा नेपाल राष्ट्रको बहुलतालाई सम्बोधन हुने गरी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, पहिचान, लैंगिक समानता लगायतका अधिकार कसैले चलाउन नमिल्ने घोषणापत्रमा उल्लेख छ ।

‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);