नेकपाको आधिकारिकता नटुंगिदै निर्वाचन आयोगको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

नेकपाको आधिकारिकता नटुंगिदै निर्वाचन आयोगको तयारी तिब्र

काठमाडौं, ७ फागुन । निर्वाचन आयोगले नेकपाको दलको आधिकारिकता टुंगो लगाउन सकेको छैन। बैशाख १७ र २७ गतेको लागि हुने निर्वाचनको तयारी तिब्र बनाएको छ।

केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको आयोगले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ । कार्यालयले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन र दिन थालेको छ ।

अब बन्ने आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमार्फत गरिने चुनावी प्रचारप्रसारदेखि भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनको संख्या लगायतमा विभिन्न व्यवस्था गरिँदैछ ।

राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारका सामग्रीमा पनि यसअघि भन्दा केही संशोधन गरी आचारसंहिता तयार हुँदैछ । चुनाव प्रचारमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि संलग्न हुन नहुने, उनीहरूले चुनावी प्रचारका लागि सार्वजनिक तथा निजी यातायातका साधनसमेत प्रयोग गर्न नपाउनेलगायतको व्यवस्था आचारसंहितामा गरिँदैछ ।

यसअघि उम्मेदवारले चारपाङ्ग्रे हलुका सवारी साधन बढीमा चार वटासम्म प्रयोग गर्नसक्ने व्यवस्था रहेकामा अब दुई वटामात्रै प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);