सीमानाका खोल्न माग गर्दे नागरिक समाजले पठाए प्रधानमन्त्री मोदीलाई अनुरोध पत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सीमानाका खोल्न माग गर्दे नागरिक समाजले पठाए प्रधानमन्त्री मोदीलाई अनुरोध पत्र

राजिव शाह
सर्लाही, ८ फागुन ।
बिगत १० महिना देखी बन्द नेपाल भारतको सिमानाका खोल्न माग गर्दे सिमावर्ती क्षेत्रका नागरिक समाजका अगुुवाले भारतीय प्रधानमन्त्री मोदीलाई अनुरोध पत्र पठाएको छ ।

नेपाल भारत सिमा बन्दका कारण दुवै देशका नागरिकहरुले दुुःख पाएको भन्दै दुवै सिमावर्ति क्षेत्रका १० बौद्धीक सदस्यीय शिष्टमण्डलले सीतामढीका संसद मार्फत भारतका प्रधानमन्त्री मोदीलाई सिमा खुला गर्नका लागी अनुरोधपत्र पठाएको हो ।

बौद्धीक सदस्यीय शिष्टमण्डलले सीमामा दुवै देश का नागरिक ले भोगि रहेको समस्या सम्बन्ध बारे बिहारका मुख्यमन्त्री नीतीश कुमार र नेपालतर्फका प्रदेश २ का मुख्यमंत्री लालबाबू राउत लाई पनि बोधार्थ प्रतिलिपि पठाईएको नागरिक समाज सर्लाहीले जनाएको छ ।

बिगत १० महिना देखी बन्द दई देशको सिमानाका खोल्न नेपाल सरकारले सम्बन्धित जिल्ला प्रमुखलाई आदेश जारी गरे पनि नेपाल भारतका बेवास्ताका कारण नागरिकले सास्ती भोग्दै आएका छन् । सरकारले पछिलो पटक सिमानाका खोल्ने निर्णय गरे पनि भारतको कारण देखाउदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);