नेपाल भारत सिमा खोल्न माग गर्दै नवलपरासीमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल भारत सिमा खोल्न माग गर्दै नवलपरासीमा विरोध प्रदर्शन

जीवन न्यौपाने, नवलपरासी, २० पुष । नेपाल भारत सिमा बन्दको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ । कोरोना भाईरस संक्रमणको नाममा सरकारले लम्ब्याउदै गएको सिमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो ।

कोरोना संक्रमण रोकथामकालागि बिगत १० महिनादेखी बन्द रहेको नेपाल भारत सिमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको हो । सिमा खुलाउन सरकारलाई दबाब दिन पार्टीले जिल्लाको महेसपुर चोकबाट बिरोध र्याली निकाली महेसपुर मुलनाक स्थित कोण सभामा परिणत भएको थियो । जसपा जिल्ला अध्यक्षद्व्य धरेन्द्र यादब, मुकुरजी गिरिको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं.१ महेसपुर चोकबाट निकालीएको विरोध र्यालीमा नाका खोल्नु पर्ने, कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनु पर्ने लगायतका नाराबाजी गरिएको थियो ।

कोणसभामा जसपाका केन्द्रिय सदस्य सतरजीत यादब, उर्मिलादेबि पाण्डे, लक्ष्मी गुप्ता, मुन्नालाल गुप्ता, जिल्ला अध्यक्षद्वय धरेन्द्र यादब, मुकुरजी गिरि, पार्टी सचीव एव प्रबक्ता रामज्ञा पाण्डे लगायतले कोरोनाको बहानामा सिमा बन्दीलाइ नलम्ब्याइ तत्काल खोल्न माग गरेका थिए ।


सिमा बन्दले सिमावर्ती उपभोक्ता भारतीय बजार गइ किनमेल गर्न नपाउने र आफ्ना आफन्तलाइ भेट्नबाट पनि बन्चित भैरहेकोले सिमानाका खुला गर्न माग गरेका हुन् ।

स्थानीय जनताहरु आफ्नो आवश्यकता पुरा गर्न लुकिछिपी भारत प्रवेश गरि आवश्यक सरसमान किनमेल गरि फर्किदा सुरक्षाकर्मीहरुबाट दुव्र्यवहार हुने र कठिनाइ हुने गरेको स्थानीय जनताले जनगुनासो गरेपछि जसपाले नाकाहरु खुलाउन दबाबकालागि विरोध प्रदर्शन गरेको जनाइको छ ।

नेपालमा सहजै नपाउने औषधि उपचार, बिउबिजन मलखाद, खाद्यान्न र घरायसी सरसामानहरु भारतबाट ल्याउन कठिनाइ भैरहेकोले तत्काल सिमा खोल्न स्थानीय स्तरबाट पनि दवाव आईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);