नेमकिपाद्धारा सिमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेमकिपाद्धारा सिमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन

nemakipa

भक्तपुर, २० कात्तिक । भक्तपुर नेपाल मजदुर किसान पार्टीले भारतले नेपाली सिमा अतिक्रमण गरि जारी गरेको नक्शाको विरोध गरेको छ । बुधबार भक्तपुरमा सिमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन गर्दै नेमकिपाले नेपाल सरकारले यसबारे जनतालाई प्रष्ट पार्नु पर्नेमा जोड दिएको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले वर्तमान दुई तिहाईको सरकारले सिमा अतिक्रण गरि जारी गरेको नक्शाका बारे चासो मात्र नभई विरोध गर्दै अन्तराष्ट्रिय मञ्चलाई घच्चघच्याउनु पर्नेमा जोड दिनुभयो । भारतले केही दिन अघि सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतमा रहेको देखाएको छ ।

आफ्नो भूमि अतिक्रमण हुँदा समेत नेपाल सरकार मौन रहनु रहस्यमय भएको नेमकिपाको आरोप छ । नेपाली सिमा अतिक्रमण गरि जारी गरिएको नक्शा भारतले नसच्चाए सम्म सडक र सदनमा विरोध जारी राख्ने पनि उक्त पार्टीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);