भारतले नेपालको मात्र नभइ चीनको समेत भूमि अतिक्रमण गरेको छ : चिनियाँ बुद्धिजीवी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतले नेपालको मात्र नभइ चीनको समेत भूमि अतिक्रमण गरेको छ : चिनियाँ बुद्धिजीवी

काठमाडौं, २ मंसिर । चिनियाँ बुद्धिजीवीहरुले भारतले नेपालको मात्र नभइ चीनको समेत भूमि अतिक्रमण गरेको बताएका छन । सोमवार नेपाल भ्रमणमा रहेको चिनियाँ थिंक ट्यांक तथा प्राध्यापकहरुसंग प्रेस काउन्सिल नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा चीनका बुद्धिजीविले भारतले जारी गरेको नक्सामा चीनको भूमिसमेत समेटेको बताएका हुन ।

चिनियाँ बुद्धिजीविले भारतले चीन र पाकिस्तानको भूभागसमेत राखेर सीमा अतिक्रमण गरेको दाबी गरे । छलफल कार्यक्रममा चिनियाँ टोलीले भारतको सीमा जोडीएका भुटान बाहेक सबै देशसँग सीमा समस्या रहेको बताएका थिए ।

नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको र यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको उनीहरुको भनाई छ । नेपाल भारत सिमा समस्याबारे चीनको विदेश मन्त्रालयले आफ्नो धारणा राखिसकेको भन्दै उनीहरुले लिपुलेकको बारेमा पनि चीन आवश्यकता परेमा छलफल गर्न तयार रहेको बताए ।

चिनियाँ बुद्धिजिबिको टोलीले नेपालको चीनसँगको ब्यापार घाटा कम गर्नका लागि कृषि र पर्यटन उद्योगको विकास हुनुपर्ने धारणा समेत राखेका थिए । कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगायतले चीनियाँ थिंक ट्यांक र सरकारी अधिकारीहरुसँग नेपाल मामिलामा जिज्ञासा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);