ओलीको भ्रमणलाई लिएर भारत निराश हुनुपर्दैन : चिनियाँ संचारमाध्यम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओलीको भ्रमणलाई लिएर भारत निराश हुनुपर्दैन : चिनियाँ संचारमाध्यम

nepal china

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमणमा हुनुहुन्छ । ओलीको भ्रमणलाई चिनियाँ संचारमाध्यमले निकै महत्व दिएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर भारतले निराश हुनुपर्ने कारण नरहेको टिप्पणी पनि गरेका छन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपाल चीनसँगको सहकार्यमा आर्थिक सहयोग र आधारभूत ढाँचाको विकाससँग जोडिएका एजेण्डालाई टुंगोमा पुर्‍याउन चाहान्छ ।’ पत्रिकाले नेपाली प्रधानमन्त्री ओलीको यो प्रयासलाई लिएर भारत निराश हुन नपर्ने पनि उल्लेख गरेको छ । किनकि, चीनसँग नेपालको सहकार्य बढ्दैमा नेपालमा भारतको प्रभाव नघट्ने पत्रिकाको निष्कर्ष छ ।

अहिलेसम्म यी तीन वटै मुलुकका नेतृत्वले भने नेपाल, चीन र भारतबीच त्रिपक्षीय सहयोगको आवश्यकता औँल्यााउँदै आएका छन् । ग्लोबल टाइम्समा संघाइ इन्स्टीच्युट फर इन्टरनेसनल स्टडीज सेन्टरका निर्देशक चाओ गेनछेङको भनाइ पनि समावेश गरिएको छ । उनले चीनका लागि नेपाल सधैँ विशेष र महत्वपूर्ण रहँदै आएको बताएका छन् । दुई देशको लामो सीमा र द्धिपक्षीय सहकार्य स्वायत्त तिब्बतसम्बन्धी स्थिरताका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ ।

चाओले चीनको वान बेल्ट वान रोड प्रोजेक्टमा नेपाल एक महत्वपूर्ण देश भएको र आर्थिक विकासमा चीनले सघाओस् भन्ने नेपालको चाहाना चिनियाँ नेतृत्वले बुझेको पनि बताएका छन् । ओलीको भ्रमणलाई लिए चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुङले वान बेल्ट वान रोड परियोजनाको माध्यमबाट दुई देशबीच महत्वपूर्ण राजनीतिक साझेदारीको वातावरण बन्ने दाबी गरेका छन् । उनका अनुसार राजनीतिक सहकार्यसँगै सांस्कृतिक आदान–प्रदान र दुई देशका नागरिकबीचको हेलमेलमार्फत पनि सम्बन्ध गहिरिनेछ ।

संघाइ इन्स्टीच्युट फर इन्टरनेसनल स्टडीज सेन्टरका निर्देशक चाओ नेपाल र चीनको सम्बन्धलाई लिएर भारतमा बढाइ चढाइ हुनु गलत भएको बताउछन् । ग्लोबल टाइम्सको समाचारमा उंले भनेका छन्, भारतले नाफा नोक्सानको समीकरणबाट बाहिर निस्कन जरुरी छ । नेपाल चीनसँग सहकार्य गर्न चाहान्छ । तर, उसको अर्थ व्यवस्था भारतसँग निर्भर छ । भारतले चीनको महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडको विरोध गर्दै आएको छ । तर, नेपालले यसमा चीनलाई साथ दिएको छ ।

त्यसैले पनि भारतले नेपाल–चीनबीच सम्भावित सहकार्यलाई टाउको दुखाइको विषय ठान्ने गरेको छ । तर, चिनियाँ सञ्चारमाध्यमले विभिन्न विश्लेषक र राजनीतिज्ञलाई उदृत गर्दै लेखेको छ, ‘चीन नेपालमा आफ्नो प्रभुत्व जमाउन नभएर छिमेकीको हैसियतमा नेपालको चाहानाअनुसार विकासमा सघाउन चाहान्छ ।

भारतसँगको निर्भरता कम गर्न ओलीले चीन तिब्बतसँग आफ्नो सडकको सञ्जाल फैलाउन चाहेको पत्रिकामा उल्लेख गरिएको छ । चिनियाँ  रेलवेको विस्तार हिमालयदेखि नेपालसम्म विस्तार गर्ने विषय पनि यसपटक गम्भीर रुपले छलफल हुने कुरा समाचारमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);