नेपाल र भुटानको सीमामा भारतीय सेना परिचालन गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल र भुटानको सीमामा भारतीय सेना परिचालन गर्न निर्देशन

indian soldiers

एजेन्सी, १७, भदौ । भारत र चीनबीच तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी गर्न भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिएको छ । २९ र ३० अगस्तमा पूर्वी लद्दाखको सुशुल भ्यालीमा भारत र चीन सेनाबीच आमनेसामने भएपछि भारतले उत्तरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।

चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै नेपाल,भारत र चीन ’त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतीय सञ्चार माध्यमले नेपालले पनि लिपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको जनाएको छ । यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल र भारतबीच तिक्तता उत्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);