कोरोनाले महिला र पुरुषबीचको गरिबी अन्तर थप बढ्ने राष्ट्रसंघको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाले महिला र पुरुषबीचको गरिबी अन्तर थप बढ्ने राष्ट्रसंघको चिन्ता

un-coronavirus

एजेन्सी , १८ भदौ । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसंघले आगामी वर्ष साढे चार करोड भन्दा बढी महिला तथा केटाकेटी गरिबी र अभावबाट प्रभावित हुने पूर्वानुमान गरेको छ । राष्ट्रसंघले महत्वपूर्ण रोजगारी गुमाउँदा पुरुष भन्दा महिला नै बढी प्रभावित हुने आँकलन गरेको छ ।

समाजको अर्थव्यवस्थाका कारण महामारी लगत्तै महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने राष्ट्रसंघकी महिला विभाग प्रमुख फुम्जाइल मेलाङगो एनगकाको भनाई छ । उहाँले महामारी बढ्दै जाँदा पुरुषको तुलनामा महिलाहरुले चाँडै रोजगारी गुमाएको राष्ट्रसंघको एक अध्ययनले देखाएको पनि बताउनुभयो ।

राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका अनुसार यस वर्ष जुन महिनामा कोरोना महामारीका कारण हजारौं घरेलु कामदारले रोजगारी गुमाएका छन् ।राष्ट्रसंघीय महिला र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम यूएनडिपीका अनुसार महामारीको असरका कारण आगामी वर्ष १० करोड मानिस चरम बेरोजगारीको सिकार बन्ने छन् । जसमध्ये आधा भन्दा बढी महिला हुने राष्ट्रसंघको अनुमान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);