आज २५औँ अन्तराष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

काठमाडौं, ३१ असोज ।  ‘गरिबी अन्त्यको लागि जवाफः शान्त र समृद्ध समाज’ भन्ने नाराका साथ आज अक्टोबर १७ मा २५ औँ अन्तराष्ट्रिय गरिबी निवारण दिवस मनाइदै छ ।
राष्ट्रसंघीय बैठकको प्रस्ताव नम्बर ४७÷१९६ पारित भएपछि सन् १९९२ देखि विश्वभर गरिवी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धि जानकारी आदानप्रदान गर्न यो दिवस मनाउन थालिएको हो ।
यस वषेको अन्तराष्ट्रिय गरिबी निवारण दिवसको नाराले हामीलाई गरीबी समाप्त गर्न सम्मानता, एकता र आवाजको मूल्यहरूको महत्तवको वारेमा सिकाउँदछ ।
गरिबी निवारणका लागि गएको वर्षदेखि सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य लिइएको छ । राष्ट्रसंघले विकासन्मुख मुलुकमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिवीको सूचांकमा राखेको छ भने विकसित देशमा सफा र शुद्ध पिउने पानीको अभाव, रोजगारी, सुरक्षा र शक्तिहिन हुनुलाई गरिवीको सूचक मानिन्छ ।
संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषदको तथ्यांक अनुसार, गरिवीका कारण कुपोषण र अन्य अवस्थाबाट प्रत्येक दिन विश्वभर २२ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । पाँच वर्षमुनिका ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित छन् ।राष्ट्रसंघले शिक्षा, स्वास्थ्य लगायत दैनिक जीवनका आवश्यक १० परिसुचकको आधारमा दैनिक एक अमेरिकी डलरभन्दा कम आय भएका मानिसलाई गरिवीको सुचिमा राख्ने गरेको छ । विश्वमा तिन अर्ब भन्दा बढी मानिष गरिबीको रेखा मुनि रहेको राष्ट्रसंघले जनाएको छ ।

नेपालमा भने मंगलबार चौथो पटक दिवस मनाउन लागिएको छ । त्यसै अनुसार नेपालले चौधौँ योजना कार्यान्वयनको चरणमा रहेको जनाएको छ । गरिबी निवारणका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले प्रयास गरिरहेको बताइरहे पनि चौधौंँ योजना अनुसार अहिले नेपालमा झण्डै २१ दशमलव ६ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन् । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबी न्यूनिकरणको लागि राष्ट्रिय गरिबी निवारण नीतिको मस्यौदा तयार, गरिब घर पहिचान कार्यक्रम, सहकारी मार्फत गरिबी निवारणलाई टेवा दिन सहकारी ऐन, २०७४ संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणको चरणमा पुगेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले अवसर र मौकाहरुमा पहुँच नभएकाले मानवीय मर्यादा हनन् संगै गरिवी चुनौतीका रुपमा चर्किरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);