ठमेल क्षेत्रमा कार्तिक ५ गतेदेखि सवारी चलाउन नपाईने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाण्डौँ, ३१ असोज । सवारी अस्तव्यस्तताले नकारात्मक प्रभाव पारेको भन्दै ट्राफिक महाशाखाले पर्यटकीय क्षेत्र ठमेलमा सवारी सञ्चालनमा रोक लगाउने भएको हो ।

राजाधानीमा एक कार्यक्रमको आयोजना गरी महाशाखा सो जानकारी दिएको हो । उपत्यकाको सवारी अस्तव्यस्तताले ठमलेको वातावरणमा नकरात्मक प्रभाव पारेको भन्दै ठमेल क्षेत्रमा सवारी व्यवस्थापनमा कडाई गर्ने भएको हो ।

ट्राफिक महाशाखाले सवारीको अस्त ब्यस्तताले पर्यटकीय गन्तब्य ठमेलको वातावरण असहज र प्रदुसित बन्दै गएकोले सवारीको आगमन र पार्किङलाई ब्यवस्थित र कडाई गरिने जनाएको हो।

महाशाखा प्रमुख सर्वेन्द खनालले ठमेललाई भेईकल फ्रि जोन घोषणा गर्ने र पर्यटन क्षेत्रलाई नमुनाको रुपमा विकास गर्ने बताउँदै अति आवश्यक सवारी साधान बाहेक अन्य सावरीमाथि कडाई गरिने बताए ।

ठमेलमा भेइकल फ्रि जोन कार्तिक ५ गतेदेखि नै कार्यान्वायन गर्ने तयारी गरिएको छ । व्यवस्थित ढंगले ठमेललाई विकास गर्न ज्याठा मार्ग र त्रिदेवी मार्गलाई दुई तर्फ बनाइने समेत ट्राफिक महाशाखाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);