अब थोत्रा गाडी गुड्दैनन्, २० वर्ष पुराना गाडी चलाए जफत गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अब थोत्रा गाडी गुड्दैनन्, २० वर्ष पुराना गाडी चलाए जफत गरिने

यसैबिच आगामी चैत १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाएमा जफत गरिने भएको छ ।

old vehicals

काठमाडौं, २३ फागुन । यसैबिच आगामी चैत १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाएमा जफत गरिने भएको छ ।

सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने निर्णयअनुसार सो अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी कार्यालय र देशभरका यातायात कार्यालयलाई अनुगमनका लागि पत्राचार गरिसकेको छ । विभागका अनुसार चैत १ गतेदेखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारी चलाएमा ठाउँको ठाउँ सवारी जफत गर्ने भएको हो ।

१ गतेदेखि अनुगमन सुरु गर्नको लागी विभागले सूचना सार्वजनिक गरिसकेका छ । विभागले सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सवारीसाधन सञ्चालन निषेध गर्ने तयारी गरेको हो । २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्ने इजाजत रोक्ने छ । पुराना सवारीको नामसारी रोकिने र बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइने छ ।

देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेकोे छ । पुराना गाडीले यात्रु बोक्न निक्कै जोखिम हुने र वातावरण प्रदूषण पनि हुने हुदा निधेष गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);