को बन्लान 'पपुलर सिईओ अफ द एअर' ? भोटिङ् हुन ६ दिन बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

को बन्लान ‘पपुलर सिईओ अफ द एअर’ ? भोटिङ् हुन ६ दिन बाँकी

काठमाडौं, २३ फागुन । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिईओ क्लव नेपालको संयुक्त आयोजना तथा नेपाल सरकारकाे अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल विमा समिति लगायतको सहकार्यमा यही मिति २०७४ साल फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा ‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ कार्यक्रम आयोजना हुँदै छ ।

कार्यक्रममा बिभिन्न ६ वटा बिधामा अवार्ड प्रदान गरिनेछ । सिईओ अफ द एअर, सिईओ अफ द एअर- योङ्ग, सिईओ अफ द एअर वुमेन, सिईओ अफ द एअर पब्लिक सेक्टर, सिईओ अफ द एअर एसएमई र पपुलर सिईओ अफ द एअर बिधामा अवार्ड प्रदान गर्न लागिएको छ ।

‘पपुलर सिईओ अफ द एअर’ बिधाका लागी भने भोटिङ्ग मार्फत छनौट गरिने भएकाले भोटिङ्गका लागि अफिसियल वेवसाइट मार्फत अनलाईन र एस.एम.एस. भोटिङ्ग खुल्ला गरिएको छ । पद्मा मिडिया नेटवर्कका कार्यकारी निर्देशक डम्बर साहुका अनुसार अवार्डका लागि आएका सम्पूर्ण आवेदन (१६ जना) लाई भोटिङ्ग मार्फत छनौठ गरिने छ।

एस.एम.एस भोटिङ्गका लागि CEO  <स्पेस > CEO Code टाइप गरेर 33001 मा सेन्ड गरेर र अन्लाईन भोटिङ्गका लागि nepalceosummit.com/ceopopularchoice मा गएर पनि भोट गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);