दोस्रो सिईओ समिटको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोस्रो सिईओ समिटको सम्पूर्ण तयारी पूरा

काठमाडौं, १२ बैशाख । नेपालमा दोस्रो पटक नेपाल सिईओ समिट तथा अवार्ड कार्यक्रम आयोजना हुने भएको छ । यही बैशाख १३ गते शुक्रबार काठमाडौंको सोल्टी होटलमा कार्यक्रम आयोजना हुन लागेको हो । पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले आयोजना गर्न लागेको सिईओ समिट तथा अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणको अर्थ तथा व्यवसायिक क्षेत्रमा कृयाशिल व्यक्तिको सम्मानमा अवार्ड प्रदान गरिने लक्ष्यले सिईओ समिट आयोजना गर्न लागिएको हो । सिईओ समिटमा बिभिन्न ८ वटा विधामा अवार्ड प्रदान गरिनेछ ।

पपुलर सिइओ अफ दि इयर, पपुलर सिइओ अफ दि इयर पब्लिक च्वाईस, सिइओ अफ दि इयर योङ्, सिइओ अफ दि इयर ओमेन, सिइओ अफ दि इयर पब्लिक सेक्टर, सिइओ अफ दि इयर एस एम इ, सिइओ अफ दि इयर प्राईभेट सेक्टर, सिइओ अफ दि इयर ज्यूरी च्वाईस बिधामा अवार्ड प्रदान गर्न लागिएको हो ।

७ वटा विधामा हाल जूरी कमिटीले रिसर्च तथा छनौट कार्य गरिरहेका छन् । पपुलर सिइओ अफ द इयर पब्लिक च्ववईसका लागि भने भोटिङमार्फत छनौट गरिनेछ । यहि बैशाख १२ गते राति १२ बजे सम्मलाई भोटिङका लागि अफिसियल वेभसाइट nepalceosummit.comमार्फत अनलाईन र एस.एम.एस. भोटिङ खुल्ला गरिएको छ ।

अर्थतन्त्रमा संलग्न व्यक्तिहरुले अब सरकारको अपेक्षा के कस्तो हुनु पर्छ भन्ने दिशा निर्देश गर्न सहयोग होस भन्ने उद्देश्यले सिइओ समिट आयोजना गर्न लागिएको सिइओ समिट तथा अवार्ड कार्यक्रमको संयोजक लता कँडेलले बताइन् ।

सिइओ समिट तथा अवार्ड कार्यक्रममा बैंक, इन्सुरेन्स, कर्पोरेट सेक्टर, सरकारी संस्था गरी २५० को हाराहारीमा संस्थाका प्रमुखहरु तथा विजनेश लिडरहरुको सहभागिता रहनेछ । समिटले अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्ने विश्वास पनि गरिएको छ ।

विजनेश प्लस टेलिभिजनद्धारा आयोजित समिटमा भारत, बंगलादेश र फिलिपिन्सबाट एक–एक जना विजनेश लिडरहरुको सहभागिता रहनेछ । विजनेश प्लस टेलिभिजनले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आर्थिक समृद्धि विस्तार गर्न सिईओ समिट आयोजना गर्न लागेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);