‘सिइओ समिट एण्ड अवार्ड’को लागि मात्र ३ दिन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘सिइओ समिट एण्ड अवार्ड’को लागि मात्र ३ दिन बाँकी

काठमाडौं, २७ फागुन । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिईओ क्लव नेपालको संयुक्त आयोजना तथा नेपाल सरकारकाे अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल विमा समिति लगायतको सहकार्यमा यही मिति २०७४ साल फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा ‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ कार्यक्रम आयोजना हुँदै छ ।

कार्यक्रमा नेपाल लगायत १७ देशका करिब ३ सय अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सहभागी रहने छ । अहिले अवार्ड तथा बिदेशबाट आउने पाहुनाको ब्यवस्थापन र स्वागतका लागी तयारी चलिरहकोे छ ।

कार्यक्रममा बिभिन्न ६ वटा बिधामा अवार्ड प्रदान गरिनेछ । सिईओ अफ द एअर, सिईओ अफ द एअर- योङ्ग, सिईओ अफ द एअर वुमेन, सिईओ अफ द एअर पब्लिक सेक्टर, सिईओ अफ द एअर एसएमई र पपुलर सिईओ अफ द एअर बिधामा अवार्ड प्रदान गर्न लागिएको छ ।

अर्थ बजारमा अहिले पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धाले चर्चा पाईरहेको छ । अन्य ५ बिधाको अवार्डका लागी भने जूरी कमिटीले छनौठ कार्य गरिरहेको छ ।

आफुलाई मन परेको व्यक्तिलाई अनलाईनमा nepalceosummit.com/ceopopularchoice गई भोट गर्न सकिनेछ र एस.एम.एस. मार्फत CEO <स्पेस > CEO Code टाइप गरेर ३३००१ मा एस.एम.एस. गर्न सकिनेछ । साथै कार्यक्रममा सहभागी हुन nepalceosummit.com/participation मा दर्ता गर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);