सरकारका सय दिनलाई कांग्रेसले 'वाच डग'को रुपमा हेर्छ : गच्छदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारका सय दिनलाई कांग्रेसले ‘वाच डग’को रुपमा हेर्छ : गच्छदार

काठमाडौं, २७ फागुन । प्रतिनिधीसभाको बैठकमा बौल्दै प्रमुख प्रतिपक्षी दलका उपनेता विजयकुमार गच्छदारले सरकारका एक सय दिनलाई पार्टीले वाच डगको रुपमा हेर्ने बताएका छन् ।

संसदीय प्रजातन्त्रप्रतिको प्रतिवद्धता, स्थापित मुल्य मान्यता, संविधानले दिएको अधिकारलाई रक्षा गर्ने प्रतिवद्धता सहित सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री केपी ओलीले गरेको आग्रह सकारात्मक भएपनि आफुहरुले विपक्षमा मत हाल्ने र प्रतिपक्षीकै भुमिका निर्वाह गर्ने उनले स्पष्ट पारे । उनले सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमका गुण र दोषको आधारमा समर्थन र सहयोग गर्ने बताए ।

राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमा सफलता हासिल गर्न प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै उनले प्रतिपक्षी विनाको संसद नहुने भएकाले आफुहरुले जिम्मेवार प्रतिपक्षीको भुमिका निर्वाह गर्ने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);