प्रधानमन्त्री केपी ओलीप्रति गहिरो विश्वास : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री केपी ओलीप्रति गहिरो विश्वास : प्रचण्ड

काठमाडौं, २७ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति गहिरो विश्वास रहेको बताएका छन् । प्रधानमन्त्री ओलीमाथि विश्वासको मत दिनु अघि प्रतिनिधिसभाको बैठकका बोल्दै अध्यक्ष दाहालले राज्यका सबै अंगमा भएका भ्रष्टाचार अन्त्य गर्न सरकारलाई दृढतापूर्वक अघि बढ्न सुझाव दिए ।

उनले राजनीतिक स्थिरता, समृद्धि, सुशासन कायम गरेर मात्रै मुलुकमा नयाँ युगको प्रारम्भ हुने स्पष्ट पारे । वामगठबन्धनले मुलुकमा शान्ति र समृद्धि ल्याउने सपना बाँडेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि कामै गरेर देखाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले सरकारले सुशासन, समृद्धि र विकासका लागि कठोर कदम चाल्नपर्ने आवश्यक्ता औंल्याए । अध्यक्ष दाहालले ओली नेतृत्वको सरकारमाथि ठूलो भरोसा गरेको बताए । उनले बोक्सीको आरोपमा कैलालीमा कुटिएकी राधा चौधरीलाई तत्काल न्याय दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अध्यक्ष दाहालले १० वर्षयता १० वटा प्रधानमन्त्री भएको उल्लेख गर्दै ८ जना प्रधानमन्त्री आफ्नै प्रस्तावमा बनाउने अवसर प्राप्त भएको पनि स्मरण गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);