मुलुकको सपुतको रुपमा काम गर्न प्रम ओलीलाई नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकको सपुतको रुपमा काम गर्न प्रम ओलीलाई नेपालको सुझाव

madhavkumar

काठमाडौं, २७ फागुन । नेकपा एमालेका सांसद माधव कुमार नेपालले जनताको दु:ख र पीडाको सम्बोधन गर्ने सशक्त सरकारको भूमिका निर्वाह गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतका लागि गरिएको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले जनताको दु:ख र पीडालाई सुन्दै तत्काल सम्बोधन गर्न सुझाव दिए । गरिबी, अभाव, वेरोजगारी, अशिक्षा लगायत सबै विषयमा ध्यान दिन आवश्यक रहेको भन्दै उनले नागरिकलाई सुसंस्कार दिने महत्वपुर्ण जिम्मेवारी पुरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

जनताको मनमा जागेको नयाँ आशा निराशामा परिणत हुन दिनु हुने छैन भन्ने आशा आफुले लिएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई मुलुकको सपुतको रुपमा काम गर्न सुझाव दिए ।

उनले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सम्मुन्नत राष्ट्र निर्माणका लागि सरकारका काम कारवाहीमा सहयोग गर्न आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);