दृढ संकल्पका साथ अघि बढ्न प्रधानमन्त्रीलाई शीर्ष नेताको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दृढ संकल्पका साथ अघि बढ्न प्रधानमन्त्रीलाई शीर्ष नेताको सुझाव

काठमाडौं, २७ फागुन । राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिक स्थिरता र समृद्धिका लागि सरकारले दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु अघि नेताहरुले देश विकासका लागि सबै एकजुट हुुनुपर्ने बताएका हुन् ।

बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफ्नो गहिरो विश्वास रहेको भन्दै सबै अंगमा हुने गरेका भ्रष्टाचार अन्त्य गर्न सुझाव दिए ।

राजनीतिक स्थिरता, समृद्धि, सुशासन कायम गरेर मात्र मुलुकमा नयाँ युगको प्रारम्भ हुने उनको भनाइ थियो । दाहालले कैलालीमा बोक्सीको आरोपमा कुटिएकी किशोरीलाई तत्काल न्याय दिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको सुरुवाती काम गराई राम्रो भएको भन्दै जनताको पीडालाई आफनो पीडा सम्झेर काम गर्न सुझाव दिए । उनले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सम्मुन्नत राष्ट्र निर्माणका लागि सरकारका काम कारवाहीमा सहयोग गर्न आग्रह गरे ।

राजपाका सांसद महेन्द्र राय यादवले संविधान संसोधन नभएको अवस्थामा आफ्नो पार्टी सरकारमा नजाने भएता पनि वर्तमान सरकारलाई समर्थन गर्ने भन्दै सर्वदलीय बैठक बोलाएर मुलुकलाई अघि बढाउने साझा एजेन्डा तय गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

सांसद यादवले बाम गठबन्धनले प्रदेश–२ मा सरकारसँग सहकार्य गरेकाले आफूहरुले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);