उपसभामुखको निर्वाचन आगामी चैत २ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपसभामुखको निर्वाचन आगामी चैत २ गते

काठमाडौं, २७ फागुन । उपसभामुखको निर्वाचन आगामी चैत २ गते हुने भएको छ । सभामुख कृष्णबहादुर महराले आईतबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन आगामी चैत्र २ गते शुक्रबार अपरान्ह १ बजेका लागि तय गरिएको जानकारी गराएका हुन् ।

उनले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा अन्तरिम कार्यविधि, २०७४ को दफा ७ बमोजिम उपसभामुखको निर्वाचन कार्यतालिका तय गरिएको हो ।

गत शनिवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । वाम गठबन्धनबीचको सहमति अनुसार उपसभामुखमा एमालेले उम्मेदवारी दिनेछ । यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि उपसभामुख आफ्नो दलले पाउनुपर्ने दावी गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);