प्रम ओलीलाई दुई तिहाई सांसदबाट विश्वासको मत प्राप्त : पक्षमा २०८, विपक्षमा ६० | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रम ओलीलाई दुई तिहाई सांसदबाट विश्वासको मत प्राप्त : पक्षमा २०८, विपक्षमा ६०

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिइयोस भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।

कूल २ सय ६८ मत खसेकोमा प्रस्तावको पक्षमा २०८ मत परेको थियो भने विपक्षमा ६० मत मात्रै प्राप्त भयो । प्रधानमन्त्रीेलाई विश्वासको मत दिइयोस भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका छन् ।

प्रस्तावको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मतदान गरेको थियो ।

 प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा जम्मा २६८ सांसद उपस्थित थिए । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २ गते अपरान्ह १ बजे बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);