उपसभामुखको उम्मेदवारी दर्ता आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

उपसभामुखको उम्मेदवारी दर्ता आज

काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुख चयन प्रक्रिया आजदेखि सुरु हुँदैछ । प्रतिनिधि सभाले बिहीबार सभामुख पाएपछि आजदेखि उपसभामुखको निर्वाचन प्रक्रिया सुुरु भएको हो । आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिनेछ । मतदान भने आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा हुनेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सभामुखमा सत्तागठबन्धनबाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);