सभामुखमा मनोनयन दर्ता आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सभामुखमा मनोनयन दर्ता आज

काठमाडौं, ४ माघ । भोलि हुने सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

मंगलबार सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको हो । सभामुख चयन सकिएलगत्तै माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ । उम्मेदवारहरुको मनोनयन सकिएपछि सवा ४ बजे उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ । सचिवालयमा प्राप्त भएका प्रस्तावहरु बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् र भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

पेश गरिएको प्रस्तावमा बैठकमा समर्थन गर्ने दलका तर्फबाट सदस्यहरुले समर्थन गर्ने दलका तर्फबाट सदस्यहरुले समर्थन गर्नेछन । छलफलपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । एकमात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ ।

कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्छ । सत्तागठबन्धनको भागवण्डामा सभामुख पद नेकपा एमालेको भागमा परेको छ । एमालेले देवराज घिमिरेलाई अघि सार्ने भएको छ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने भनेपनि उम्मेदवार भने टुंगो लगाएको छैन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);