सभामुखमा एमालेका घिमिरेले गरे उम्मेदवारी दर्ता, प्रस्तावकमा नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सभामुखमा एमालेका घिमिरेले गरे उम्मेदवारी दर्ता, प्रस्तावकमा नेम्वाङ

काठमाडौं, ४ माघ । सत्तासाझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । सरकारमा सहभागी दलहरु नेकपा माओवादी, एमाले, रास्वपा र राप्रपाबीच भएको सहमतिअनुसार घिमिरेले सभामुखको उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङदेन रहेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री र सभामुखको ५ वर्षे कार्यकाल आलोपालो गर्ने सहमति भएको छ ।

भोलि हुने सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);